National life

तरलता व्यवस्थापनका लागि ७० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असोज २०८२, आइतबार
431Shares
तरलता व्यवस्थापनका लागि ७० अर्ब प्रशोचन गर्दै राष्ट्र बैंक
ncell

काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ प्रशोचन गर्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) मार्फत उक्त रकम प्रशोचन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार आइतबार हुने बोलकबोलमार्फत बैंक तथा वित्तीय संस्थाबाट निक्षेप संकलन गरिनेछ। यस क्रममा न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।

Royal Enfield
nic asia capital

प्रशोचित रकमको साँवा तथा ब्याज असोज १२ गते भुक्तानी गरिनेछ। यसका साथै, राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा (Floor Rate) को रुपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा (Standing Deposit Facility) पनि निरन्तर उपलब्ध गराइरहेको छ।

विश्लेषकहरूका अनुसार हाल बैंकिङ प्रणालीमा देखिएको तरलता प्रशस्तताले अल्पकालीन व्याजदरमा दबाब सिर्जना गरेको छ। तरलता प्रशोचनमार्फत बजारलाई सन्तुलित बनाउन राष्ट्र बैंकले यो कदम चालेको हो।

यो समाचार शेयर गर्नुहोस्
431SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?