National life

तरलता व्यवस्थापन थप चुनौतीपूर्ण : अन्तर बैंक कारोबारमा भारी गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०५ माघ २०८२, सोमबार
717Shares
तरलता व्यवस्थापन थप चुनौतीपूर्ण : अन्तर बैंक कारोबारमा भारी गिरावट
ncell

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा तरलता व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारमा भारी गिरावट देखिएको हो ।

नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूबीच चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ४ खर्ब १७ अर्ब रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा वाणिज्य बैंकहरूबीच मात्रै ३ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, वाणिज्य बैंकबाहेकका अन्य वित्तीय संस्थाहरूबीच ७२ अर्ब २९ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ।

यसको तुलनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अन्तर–बैंक कारोबारको मात्रा उल्लेखनीय रूपमा उच्च रहेको थियो। गत वर्ष वाणिज्य बैंकहरूबीच ६ खर्ब ८ अर्ब ५५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूबीच ७८ अर्ब ८१ करोड रुपैयाँ गरी कुल ६ खर्ब ८७ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
717SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?