National life

‘तिहारको उत्सव, फूलको महोत्सव’ नारासहित तिहार फ्लोरा एक्स्पो–२०८२ सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
505Shares
‘तिहारको उत्सव, फूलको महोत्सव’ नारासहित तिहार फ्लोरा एक्स्पो–२०८२ सुरु
ncell

नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने आकर्षक नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो–२०८२ भव्य रूपमा आयोजना गरेको छ।

तिहार पर्वलाई लक्षित गर्दै फूल, बोटबिरुवा र नर्सरी व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु भएको यो एक्स्पो आज असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म चल्नेछ। कार्यक्रममा विभिन्न प्रजातिका फूल, सजावटी बोटबिरुवा, जैविक मल तथा बगैँचा सजावटसम्बन्धी सामग्रीको प्रदर्शनी र बिक्री हुनेछ।

सङ्घका अनुसार, एक्स्पोले स्वदेशी फूल उत्पादन र नर्सरी व्यवसायलाई प्रोत्साहन गर्ने, साथै तिहारमा स्वदेशी फूल प्रयोग गर्न सर्वसाधारणलाई उत्प्रेरित गर्ने लक्ष्य लिएको छ। कार्यक्रमले पर्यावरणीय चेतना र हरित अर्थतन्त्रको सन्देश फैलाउने अपेक्षा राखिएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?