National life

तीन इन्स्योरेन्स र दुई लघुवित्त सहित पाँच कम्पनीको लाभांश घोषणा: कुनको कति ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
1KShares
तीन इन्स्योरेन्स र दुई लघुवित्त सहित पाँच कम्पनीको लाभांश घोषणा: कुनको कति ? 
ncell

काठमाडौं। लगातार पाँच कम्पनीले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। लाभांश सार्वजनिक गर्नेमा तीन इन्स्योरेन्स र दुई लघुवित्त कम्पनी परेका छन्। डिप्रोक्स लघुवित्त र फर्स्ट माइक्रोफाइनान्सले मंसिर २४ गते र सिटिजन लाइफ, नेपाल लाइफ इन्स्योरेन्स तथा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले मंसिर २५ गते लाभांश प्रस्ताव सार्वजनिक गरेका हुन्।

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष ०८१/८२ को नाफाबाट २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले भने २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छन्।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट ५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको छ। लघुवित्त समूहतर्फ, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ।

साथै,  फर्स्ट माइक्रोफाइनान्सले यस वर्ष १० प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्दै कुल लाभांश दर सार्वजनिक गरेको छ। एकैदिनमा पाँच कम्पनीले लाभांश घोषणा गरेसँगै पूँजी बजारमा लगानीकर्ताको चासो थप बढ्ने अपेक्षा गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?