काठमाण्डौ । नेपाली बजारमा लगातार तीन दिनसम्म ओरालो लागेको सुनको मूल्यमा आज उल्लेख्य सुधार देखिएको छ। पछिल्ला दिनको गिरावटलाई तोड्दै आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि अघिल्लो दिन सुनको मूल्य १ हजार ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा झरेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदीको भाउ आज प्रतितोला ११० रुपैयाँले बढ्दै ४ हजार ५२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा विश्व आर्थिक अवस्थाको प्रभावका कारण स्थानीय बजारमा समेत मूल्यमा दैनिक परिवर्तन देखिने गरेको व्यवसायीहरूको धारणा छ ।






































