National life

तीन महिनामा ४ खर्ब ६८ अर्बको आयात, निर्यात ८९.६४ % ले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|०९ कात्तिक २०८२, आइतबार
1.1kShares
तीन महिनामा ४ खर्ब ६८ अर्बको आयात, निर्यात ८९.६४ % ले बढ्यो
ncell

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात–निर्यात दुवै बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आयात यो अवधीमा १९.७९ प्रतिशतले बढेको हो ।

Royal Enfield
nic asia capital
आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यात ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आ.व.को पहिलो त्रैमासमा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैँया बराबरको निर्यात भएको थियो ।

पहिलो त्रैमासमा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।

समीक्षा अवधिमा झन्डै १३ प्रतिशतले ब्यापार घाटा बढेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा ३ खर्ब ९५ अर्ब ब्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।

चालु आ.व.को समीक्षा अवधीमा आयाततर्फ नेपालले पेट्रोलियम पदार्थको आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको छ ।  निर्याततर्फ चालू आवको समीक्षा अवधीमा ३० अर्ब ६९ करोड रुपैयाँ बराबरको सोयाविन तेल निर्यात गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?