National life

तीन महिनामै वाणिज्य बैंकको नाफा १८.८२ % ले घट्यो, पाँच बैंकको नाफामा वृद्धि

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1.1kShares
तीन महिनामै वाणिज्य बैंकको नाफा १८.८२ % ले घट्यो, पाँच बैंकको नाफामा वृद्धि
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको नाफामा उल्लेखनीय गिरावट आएको छ। सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा वाणिज्य बैंकहरूको खुद नाफा १८.८२ प्रतिशत अर्थात् ३ अर्ब ४ करोड ७६ लाख रुपैयाँले घटेको हो।

चालु आवको असोज मसान्तसम्म बैंकहरूले जम्मा १३ अर्ब १४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

Royal Enfield
nic asia capital
गत आवको सोही अवधिमा यो रकम १६ अर्ब १८ करोड ८४ लाख रुपैयाँ थियो। बैंकरहरूका अनुसार सञ्चालन लागतमा वृद्धि, कर्जाको गुणस्तरमा गिरावट र तरलता व्यवस्थापनका चुनौतीका कारण बैंकहरूको नाफामा नकारात्मक असर परेको देखिएको छ ।

देशको समग्र अर्थतन्त्रमा देखिएको संरचनागत शिथिलता र असामान्य परिस्थितिले पनि बैंकिङ क्षेत्र प्रभावित बनेको बैंकरहरूको भनाइ छ। उनीहरूका अनुसार केही नीतिगत कारणले आर्थिक गतिविधि सुस्त बनेको र व्यवसायिक वातावरण सकारात्मक बन्न नसक्दा व्यवसायीहरूको मनोबल घटेको धारणा छ । त्यसको परिणामस्वरूप कर्जाको माग तथा विस्तारमा पनि उल्लेखनीय सुधार हुन सकेको छैन।

साथै, बाढी–पहिरो, जेनजी आन्दोलनजस्ता घटनाहरूले पनि बैंकको ब्याज र कर्जाको साँवा असुलीमा नकारात्मक प्रभाव पारेका छन्।

पाँच बैंकको मात्र नाफा वृद्धि

समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये पाँच बैंकको मात्रै नाफा बढेको छ, बाँकी सबै बैंकको नाफा घटेको छ। सबैभन्दा बढी नाफा बढाउनेमा राष्ट्रिय वाणिज्य बैंक अगाडि छ। बैंकको नाफा २८९.७७ प्रतिशतले बढेर ५८ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

गत वर्षको सोही अवधिमा बैंकले १५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यसपछि ग्लोबल आइएमई बैंकको नाफा २२.९१ प्रतिशतले बढेर १ अर्ब ८५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। साथै, सानिमा बैंकको नाफा १३.८६ प्रतिशतले बढेर ४५ करोड ४९ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको १०.५२ प्रतिशतले बढेर १२ करोड २१ लाख रुपैयाँ र एभरेष्ट बैंकको ४.५६ प्रतिशतले बढेर १ अर्ब १७ करोड ९२ लाख रुपैयाँ पुगेको छ।

१५ बैंकको नाफा घट्यो

समीक्षा अवधिमा १५ वाणिज्य बैंकको नाफा घटेको छ। सबैभन्दा खराब प्रदर्शन सिटिजन्स बैंकले गरेको छ। बैंकले २२ करोड ४ लाख रुपैयाँ नोक्सानी बेहोरेको छ, जबकि गत वर्षको असोजमा सो बैंकले १९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो।

त्यस्तै, कृषि विकास बैंकको नाफा ९६.९९ प्रतिशत घटेर ५७ लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमिब)को नाफा ९६.९२ प्रतिशत घटेर ४ करोड ५० लाख ५० हजार रुपैयाँमा पुगेको छ। प्रभु बैंकको नाफा ४६.३३ प्रतिशत घटेर ५५ करोड ८४ लाख ८३ हजार रुपैयाँमा झरेको छ।

यता, नेपाल एसबीआई बैंकको नाफा ३८.४३ प्रतिशत घटेर ५० करोड १५ लाख ६५ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ३८ प्रतिशत घटेर ३३ करोड २३ लाख ३१ हजार रुपैयाँ, एनएमबि बैंकको २० प्रतिशत घटेर ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ, र स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १९.६२ प्रतिशत घटेर ६९ करोड २१ लाख ६९ हजार रुपैयाँमा पुगेको छ।

त्यस्तै, माछापुच्छ्रे बैंकको नाफा १६.९५ प्रतिशतले घटेर ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ, सिद्धार्थ बैंकको १५.१७ प्रतिशत घटेर ३२ करोड ४० लाख ९१ हजार रुपैयाँ, र नबिल बैंकको १४.५६ प्रतिशत घटेर १ अर्ब ७५ करोड ६९ लाख ९१ हजार रुपैयाँ भएको छ।

समीक्षा अवधिमा हिमालयन बैंकको नाफा ३.२४ प्रतिशत घटेर ७० करोड २८ लाख ९४ हजार रुपैयाँ पुगेको छ। नेपाल बैंकको नाफा २.३१ प्रतिशत घटेर ५८ करोड ८२ लाख ८७ हजार रुपैयाँमा पुगेको छ। त्यस्तै, प्राइम बैंकको नाफा २.२० प्रतिशत घटेर १ अर्ब २५ करोड ८४ लाख ३० हजार रुपैयाँमा झरेको छ। यद्यपि, कुमारी बैंकले भने २ प्रतिशतले नाफा बढाउँदै १ अर्ब ५ करोड ६५ लाख ३१ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ।




































































































































बैंकको नाम२०८२ असोज२०८१ असोजफरक (%)
राष्ट्रिय वाणिज्य बैंक58,97315,302289.77
ग्लोबल आइएमई बैंक1,85,6501,51,07022.91
सानिमा बैंक45,49139,93013.86
एनआइसी एशिया बैंक12,21611,05410.52
एभरेष्ट बैंक1,17,9241,12,7844.56
सिटिजन्स बैंक-22,04119,820—
कृषि विकास बैंक57319,032-96.99
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमिबी)4,5051,47,306-96.92
प्रभु बैंक55,4841,03,687-46.33
नेपाल एसबीआई बैंक50,15681,523-38.43
लक्ष्मी सनराइज बैंक33,23153,573-38.03
एनएमबि बैंक91,5981,14,792-20.03
स्ट्याण्डर्ड चार्टर्ड बैंक69,21786,067-19.62
माछापुच्छ्रे बैंक41,79650,324-16.95
सिद्धार्थ बैंक32,40938,205-15.17
नबिल बैंक1,75,6992,05,217-14.56
हिमालयन बैंक70,28972,645-3.24
नेपाल बैंक58,82960,231-2.31
प्राइम बैंक1,25,8431,28,661-2.20
कुमारी बैंक1,05,6531,03,5772.00

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?