काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्यमा दोहोरो अंकको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला एक हजार ९०० रुपैयाँले सस्तिएको हो ।
यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य सोही अनुपातमा घटेर प्रतितोला २ लाख ४२ हजार ५०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्यमा समेत कमी आएको छ। चाँदी प्रतितोला २० रुपैयाँले घटेर ३ हजार ११५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। पछिल्ला केही दिनयता सुन–चाँदीको मूल्यमा निरन्तर उतार–चढाव देखिँदै आएको छ ।
































