National life

तोलामा दुई हजार ७ सय रुपैयाँले बढेको सुनको मूल्य यस वर्षकै उच्च विन्दुमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
485Shares
तोलामा दुई हजार ७ सय रुपैयाँले बढेको सुनको मूल्य यस वर्षकै उच्च विन्दुमा
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य यस वर्षकै उच्च अंकमा पुगेको छ । सुन आज तोलामा दुई हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

Royal Enfield
nic asia capital
अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ३ सय रुपैयाँ कायम थियो ।

यसअघि गत चैत ३१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । यता, चाँदीको मूल्य तोलामा एक हजार ९५५ रुपैयाँमा किनबेच भइरहेको हो । अन्तराष्ट्रिय बजारमा समेत सुनको भाउ निरनतर उकालो लाग्दा सोही प्रभाव नेपाली बजारमा समेत देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
485SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?