National life

दरबारमार्गमा मेयर बालेनको पक्षमा नारा लगाएका युवामाथि सामूहिक कुटपिट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ असोज २०८१, बिहिबार
498Shares
दरबारमार्गमा मेयर बालेनको पक्षमा नारा लगाएका युवामाथि सामूहिक कुटपिट
ncell

काठमाडौँ । दरबारमार्ग परिसरमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक माथि कुटपिट भएको छ ।

संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजना भएको कन्सर्टमा ठुलो सङ्ख्यामा युवाहरूको राष्ट्रिय झन्डासहित भेला भएको छ । उक्त हुलबाट बालेनको पक्षमा नाराबाजी भएपछि युवाहरूको अर्को समूहले कुटपिट गरेको छ ।

दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन ! बालेन ! ’ भनेर नारा लगाउन थालेपछि सामान्य विवाद सुरु भएको र भनाभन हुँदा हुँदै एक हुल युवाको समूहले बालेनको पक्षमा नारा लगाइरहेका समूहको एक जना माथि भकाभक मुक्का प्रहार गरेको एक प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । कुटपिट लगत्तै युवाहरू उक्त स्थलबाट फरार रहेको प्रहरीले जनाएको छ । कडा सुरक्षाको बिचमा समेत कुटपिट गर्ने युवाहरू फरार भएसँगै केही बालेन समर्थकले उक्त स्थानमा प्रहरी प्रशासन विरुद्ध समेत नारा लगाएका थिए ।

नागरिक स्तरको आयोजना भनिएको उक्त कन्सर्टमा आनन्द कार्की, कुन्ती मोक्तान, देविका वन्दना, सुगम पोखरेल, दीपक लिम्बू, प्रमोद खरेल, सुवानी मोक्तान, स्वप्न सुमन लगायतको प्रस्तुति रहने बताइएको छ । कन्सर्टमा प्रधानमन्त्री केपी ओलीको समेत समेत सहभागी हुने कार्यक्रम रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?