National life

दर्जन बढी वाणिज्य बैंकको ५ देखि २० % सम्म लाभांश घोषणा : कुन बैंकको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०४ मंसिर २०८२, बिहिबार
657Shares
दर्जन बढी वाणिज्य बैंकको ५ देखि २० % सम्म लाभांश घोषणा : कुन बैंकको कति ?
ncell

काठमाडौं : चालु आर्थिक वर्षमा नौ वटा वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीलाई ५ प्रतिशतदेखि २० प्रतिशतसम्म लाभांश वितरण गर्ने घोषणा गरेका छन् । घोषित लाभांशमध्ये केही बैंकले बोनस र नगद दुबै समावेश गरेका छन् भने केहीले पूर्ण रूपमा नगद लाभांश प्रस्ताव गरेका छन्। यस्तै, कतिपय बैंकहरूले वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश पारित गरिसकेका छन् भने केही बैंकले बुक क्लोज मिति निर्धारण गरी प्रक्रिया अघि बढाइरहेका छन्।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंक लिमिटेडले ८ प्रतिशत लाभांश घोषित गरेको छ। बैंकको सञ्चालक समितिले भदौ २३ गते बसेको बैठकबाट ४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

Royal Enfield
nic asia capital
असोज १० गते पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न २७ औँ वार्षिक साधारण सभाले प्रस्तावित लाभांश अनुमोदन गरिसकेको छ। साथै, सभाले ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने तथा अन्य संरचनागत प्रस्तावहरू पनि पारित गरेको छ। लाभांश प्रयोजनका लागि बैंकले भदौ २७ गते बुक क्लोज गरेको थियो, जसअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीहरू लाभांश पाउन योग्य हुनेछन् ।

एभरेष्ट बैंक

एभरेष्ट बैंक लिमिटेडले २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश समावेश छ। बैंकले कात्तिक १२ गते काठमाडौं स्थित आम्रपाली बैंक्वेटमा ३१ औँ वार्षिक साधारण सभा आयोजना गरेको थियो। लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गरिएको थियो, जसअनुसार असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनी मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सानिमा बैंक

सानिमा बैंक लिमिटेडले ७.३६८५ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले सम्पूर्ण लाभांश नगद रूपमा दिने निर्णय गरेको थियो। प्रस्तावित लाभांश कात्तिक २ गते भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा सम्पन्न २१ औँ वार्षिक साधारण सभाले पारित गरेको छ। बैंकले असोज २७ गते बुक क्लोज गरेको थियो, जसअनुसार भदौ २६ गतेसम्म कायम शेयरधनीहरू लाभांश पाउन योग्य हुनेछन् ।

सिटिजन्स बैंक इन्टरनेशनल

सिटिजन्स बैंक इन्टरनेशनलले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश समावेश छ। बैंकले मंसिर १२ गते १९ औँ वार्षिक साधारण सभा बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड एण्ड बैंक्वेटमा आयोजना गर्ने तय गरेको छ। लाभांश प्रयोजनका लागि कात्तिक १७ गते बुक क्लोज गरिसकिएको छ, जसअधि कायम शेयरधनीहरू लाभांश तथा साधारण सभामा उपस्थित हुन योग्य हुनेछन् ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले ५ प्रतिशत बोनस शेयर तथा ५.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो। कात्तिक ३० गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न २४ औँ वार्षिक साधारण सभाले प्रस्ताव पारित गरेको छ। लाभांश प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुक क्लोज गरेको थियो, जसअनुसार कात्तिक १६ गतेसम्म कायम शेयरधनीहरू लाभांश पाउन योग्य हुनेछन् ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव पारित गरेको हो। लाभांश वितरण नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयन हुनेछ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। कात्तिक २६ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो। बैंकले आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड करपछिको नाफा आर्जन गरेको थियो। लाभांश प्रयोजनका लागि कात्तिक १६ गते बुक क्लोज गरिएको थियो।

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसमा ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश समावेश छ। बैठकले फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेको छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभा पारित भएपछि वितरण गरिनेछ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ, जसमा १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश समावेश छ। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
657SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?