काठमाडौं । हिन्दु नेपालीहरूको प्रमुख चाड विजयादशमी (दशैं) नजिकिँदै छ। विशेषगरी दशमीको दिन देवीको प्रसादस्वरूप टीका र जमरासँगै दाजुभाइ–दिदीबहिनीलाई दक्षिणा दिने परम्परा नेपाली समाजमा गहिरो रूपमा स्थापित छ।
दक्षिणा दिने क्रममा चम्किला नयाँ नोट अझ विशेष मानिन्छन्। नयाँ नोट केवल पैसाको मूल्यको प्रतीक मात्र होइन, यसलाई सम्मान, पवित्रता र समृद्धिको प्रतीकका रूपमा पनि हेर्ने गरिन्छ।
यसले दशैंको उत्सवको रौनक केही कम भएको नागरिकहरूको धारणा छ। नयाँ नोट छाप्न विदेशी मुद्रण कम्पनीमा अर्डर दिनुपर्ने, जसमा ठूलो परिमाणमा विदेशी मुद्रा खर्च हुने भएकाले नयाँ नोट छपाई अस्थायी रूपमा रोकिएको हो। साथै, बजारमा पर्याप्त परिमाणमा नोट उपलब्ध भएकाले पुरानै नोटलाई सफा गरेर प्रयोग गर्ने नीति अपनाइएको छ।
यसैबीच, राष्ट्र बैंकले दशैंमा प्रयोग हुने नोटलाई सुरक्षित र प्रयोगयोग्य राख्न विशेष सचेतना सन्देश जारी गरेको छ।
दशैंमा नोट कसरी जोगाउने ?
सफा र सुक्खा राख्ने – टीका, जमरा वा प्रसाद राख्दा नोटमा पानी, तेल वा अन्य पदार्थ नपरोस्।
चन्दन–अबिर नलगाउने – दक्षिणा दिने बेला नोटमा जल, अक्षता, अबिर वा चन्दन नलगाउनुहोस्।
नोट नच्यात्ने – मोड्दा वा राख्दा ध्यान दिनुहोस्, किनार वा बीच च्यातिन नदिनुहोस्।
पाकेट वा पर्समा राख्ने – नोट सुरक्षित राख्न पर्स वा फोल्डरको प्रयोग गर्नुहोस्।
डिजिटल दक्षिणा दिने बानी बसाल्ने – मोबाइल बैंकिङ, क्यूआर कोड वा अन्य डिजिटल माध्यम प्रयोग गर्दा नोटमा अनावश्यक दबाब कम हुन्छ।
नोटमा लेख्ने वा चित्र नबनाउने – यसले नोटको आयु घटाउँछ र कहिलेकाहीँ अवैधसमेत ठहरिन सक्छ।
दशैंको विशेष दिनमा नयाँ वा सुकिला नोटको प्रयोग केवल परम्परागत दक्षिणासम्म सीमित छैन, यो नेपालीको संस्कृति गौरव र आर्थिक व्यवहारको आधार पनि हो।































