National life

दशैंमा पनीरको विभिन्न स्वादिष्ट परिकार कसरी बनाउने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
० वर्ष अगाडि|१४ असोज २०८२, मङ्गलबार
1.1kShares
दशैंमा पनीरको विभिन्न स्वादिष्ट परिकार कसरी बनाउने ?
ncell

दशैं भन्ने बित्तिकै खानामा मासुका थुप्रै परिकार दिमागमा आउँछन् । केहीलाई त लाग्छ, मासु बिना के दशैं , तर कहिल्यै मासु नखानेहरुको भान्सामा दशैंमा मांसाहारीका भन्दा धेरै परिकार पाक्दछन् । शाकाहारीले पनि दशैंका लागि अन्य परिकार मिठो गरी बनाएर खान सकिन्छ ।त्यसमध्ये एक हो पनिरको परिकार । पनिर एक दुधबाट बनेको परिकार हो ।

Royal Enfield
nic asia capital
पनिर स्वादिष्ट परिकारको रुपमा परिचित छ । त्यसैले घरमा सामान्य कार्यक्रममा पनि मानिसहरु पनिरको परिकार बनाउँन चाहान्छन् । स्वास्थ्यका लागि फाइदाजनक र स्वादका लागि पनि पनिरलाई उत्कृष्ट मान्ने गरिन्छ ।

पनिरको भुजुरी

पनिरको भुजुरी बनाएर खान सकिन्छ ।२ सय ग्राम पनिरका लागि ,प्याज १ वटा, अदुवा र लसुनको पेस्ट १ चम्चा, नुन–खुर्सानीको धूलो आवश्यकता अनुसार, बेसार आवश्यकता अनुसार, गोलभेंडा १ वटा, हरियो खुर्सानी आफ्नो स्वाद अनुसार राखेर खान सकिन्छ ।

पनिर करी

पनिर करी पनि अर्को स्वादिष्ट परिकार हो । यसलाई पकाउन पनिर , हरियो केराउ, मसिनो गरी काटेको प्याज, मसिनो गरी काटेको गोलभेडा, पिसेको अदुवा र लसुन, टोम्याटो प्युरी, पिसेको काजु घिउ बटर वा तेल, बटर हरियो धनियाँ लगायतका सामाग्री चाहिन्छ ।

ब्रेड पनीर कटलेट

यो परिकारका लागि ब्रेड, पनिर, जिरा पाउडर, रातो खुर्सानी पाउडर, नुन, धनियाँको पात, र तेल मात्रै भए पुग्छ। पनिरलाई काटेर कराहीमा तेल हाली हल्का आँचमा एक छिन फ्राई गरी निकाल्ने र त्यसमा जिराको पाउडर, खुर्सानीको पाउडर, नुन स्वाद अनुसार तथा धनियाँ पात मिसाएर पनिरलाई किमा जस्तै हुने गरी मोल्ने। कटिङ गरिएको स्लाइस ब्रेडलाई पानीमा थोरै भिजाउने अनि दुई हत्केलाले हल्का प्रेस गरी पानी निचोरी त्यसमा मोलेको पनिर राख्ने र ब्रेडलाई हातले मोडी हल्का प्रेस गरी अण्डाकार वा लाम्चो सेप दिने। कराहीमा तेल हाली ब्रेडलाई डिप फ्राई गर्ने। ब्रेडको रंग खैरो भएपछि निकाल्ने। तयार भएको ब्रेड पनिर कटलेटलाई प्लेटमा ग्रीन सलाद तथा टोमाटो सस सँग सर्भ गर्ने। सजावटका लागि माथिबाट बोइल एग कटिङ गरी राख्न सकिन्छ।

पनीर चिल्ली

पनिर चिल्ली बनाउनका लागि पनि पनिर, प्याज, टमाटर, हरियो खुर्सानी, धनियाँको पात, टमाटर सस, जिरा पाउडर, रातो खुर्सानीको पाउडर, बेसार, नुन र तेल चाहिन्छ । त्यसपछी पनिरलाई हल्का पखाली एउटै साइजमा काट्ने अनि प्यानमा तेल तताई पनिर फ्राई गर्ने। खैरो भएपछि निकालेर एउटा बाउलमा राख्ने अनि नरम बनाउन पानीमा केही बेर भिजाउने ९अन्दाजी २ मिनेट०। भेंडेखुर्सानी, प्याज तथा टमाटरलाई ठूलो साइजमा समान रूपमा काट्ने। अर्को प्यानमा तेल तताएर बेसार हाली कटिङ गरेको भेंडेखुर्सानी वा हरियो खुर्सानी, प्याज र टमाटरलाई हल्का आँचमा फ्राई गर्ने र खुर्सानीको पाउडर, जिराको पाउडर अनि स्वाद अनुसार नुन हाल्ने र भिजाएर राखेको फ्राई पनीरका साथ हल्का चलाउने। अन्त्यमा टोमाटो सस हाली एकपल्ट राम्रोसँग चलाई प्लेटमा सर्भ गर्ने। सजावटका लागि माथिबाट धनियाँको पात छर्कने। यसरी शाकाहारीले पनि स्वादिष्ट र धेरै परिकार घरमै बनाएर खान सकिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?