National life

दुई फाइनान्स कम्पनी एकसाथ राष्ट्र बैंकको कारबाही, यस्तो छ कारण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
482Shares
दुई फाइनान्स कम्पनी एकसाथ राष्ट्र बैंकको कारबाही, यस्तो छ कारण
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले एकैसाथ दुई वित्त कम्पनीहरू पोखरा फाइनान्स लिमिटेड र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडमाथि वित्तीय अनियमितता र नियमन उल्लंघनका कारण कारबाही गरेको छ।

राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई अनिवार्य नगद मौज्दात कायम नगरेको आरोपमा ३२ लाख ७७ हजार ६ सय ७६ रुपैयाँ जरिवाना गरेको छ। उक्त उल्लङ्घन माघ २७ देखि चैत २३, २०८१ सम्मको अवधिमा भएको पाइएको छ।

त्यसैगरी, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले कर्जा वर्गीकरण र नोक्सानी व्यवस्थामा कमजोरी देखाएको पाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंकले कतिपय कर्जा चुक्ता गर्नको लागि पुनः नयाँ कर्जा प्रवाह गरी कर्जा नियमित देखाउने अनियमित अभ्यास गरेको राष्ट्र बैंकले जनाएको छ।

वार्षिक साधारणसभा अघि रिक्त सञ्चालक पदमा नियुक्ति नगरेको, साधारण सभामा निर्वाचन नगरी मात्रै पछि सञ्चालक समितिबाट सदस्य नियुक्त गरेको, र कर्मचारी उपदानसम्बन्धी नियमावलीमा संशोधन गर्दा नियामक स्वीकृति नलिएको पाइएपछि गुह्येश्वरीका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका सदस्यहरूलाई राष्ट्र बैंकले सचेत गराएको छ।

राष्ट्र बैंकले दुबै संस्थालाई वित्तीय नियमहरू पालना गर्न, पारदर्शिता कायम राख्न र आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?