National life

दुई महिनामै वाणिज्य बैंकहरूले कमाए साढे १६ अर्ब नाफा, आधा बैंकको नाफा घट्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|३१ असोज २०८२, शुक्रबार
1.1kShares
दुई महिनामै वाणिज्य बैंकहरूले कमाए साढे १६ अर्ब नाफा, आधा बैंकको नाफा घट्यो ?
ncell

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूले करिब साढे १६ अर्ब रुपैयाँ नाफा कमाएका छन्। राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार २० वाणिज्य बैंकहरूको समग्र नाफा १६ अर्ब ५९ करोड ७८ लाख ४० हजार रुपैयाँ रहेको छ।

तर, यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ६.१८ प्रतिशतले घटेको हो।

Royal Enfield
nic asia capital
गत आर्थिक वर्ष २०८१/८२ को सुरुवाती दुई महिनामा बैंकहरूले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा कमाएका थिए।

राष्ट्र बैंकका तथ्यांकअनुसार, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १० बैंकको नाफा घटेको छ भने बाँकी १० बैंकले नाफा वृद्धि गर्न सफल भएका छन्।

सबैभन्दा बढी नाफा ग्लोबल आइएमई बैंकको

भदौ मसान्तसम्मको अवधिमा सर्वाधिक नाफा कमाउने बैंकको सूचिमा ग्लोबल आइएमई बैंक शीर्ष स्थानमा परेको छ।

बैंकले दुई महिनामा १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.९७ प्रतिशतले वृद्धि हो। गत वर्ष यही अवधिमा बैंकको नाफा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ थियो।

नबिल र नेपाल इन्भेष्टमेन्ट मेगाको नाफा घट्यो

दोस्रो स्थानमा रहेको नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ३२ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। तर यो नाफा अघिल्लो वर्षको तुलनामा २०.०९ प्रतिशतले घटेको हो। गत वर्ष नबिलले १ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको थियो।

तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २६ करोड रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.५१ प्रतिशतले घटेको हो।

सिद्धार्थ र एनएनबी बैंक आक्रामक वृद्धि

समीक्षा अवधिमा केही बैंकहरूले उल्लेखनीय वृद्धि देखाएका छन्। सिद्धार्थ बैंकको नाफा ४०.१८ प्रतिशतले बढेर ८४ करोड ९० लाख रुपैयाँ पुगेको छ भने एनएनबी बैंकको नाफा ३२ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, प्राइम बैंकले पनि अघिल्लो वर्षको तुलनामा ७.३९ प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको छ।

                                               अन्य बैंकहरूको नाफा स्थिति

















































































































बैंकको नामनाफा रकम (रु)स्थिति
ग्लोबल आइएमई बैंक१ अर्ब ६२ करोड ८२ लाख३.९७% वृद्धि
नबिल बैंक१ अर्ब ३२ करोड ७१ लाख२०.०९% घट्यो
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक१ अर्ब २६ करोड१०.५१% घट्यो
एनएनबी बैंक१ अर्ब ३ करोड३२% वृद्धि
कुमारी बैंक१ अर्ब ५ करोड२.६०% घट्यो
प्राइम बैंक१ अर्ब ४ करोड७.३९% वृद्धि
लक्ष्मी सनराइज बैंक९७ करोड ४१ लाखस्थिर
एभरेष्ट बैंक९१ करोड २८ लाखसामान्य वृद्धि
राष्ट्रिय वाणिज्य बैंक८८ करोड ५८ लाखघट्दो
नेपाल बैंक८४ करोडस्थिर
सिद्धार्थ बैंक८४ करोड ९० लाख४०.१८% वृद्धि
सानिमा बैंक७२ करोडस्थिर
प्रभु बैंक६७ करोडघट्दो
कृषि विकास बैंक५८ करोडघट्दो
सिटिजन्स बैंक५५ करोडघट्दो
स्ट्यान्डर्ड चार्टर्ड बैंक५३ करोडघट्दो
एनआईसी एशिया बैंक४९ करोडघट्दो
माछापुच्छ्रे बैंक४८ करोडस्थिर
हिमालयन बैंक३७ करोडघट्दो
नेपाल एसबिआई बैंक३५ करोड


यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?