काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजय बहादुर शाहले राजिनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिले कार्यकाल सकिन दुई वर्ष बाँकी हुँदा नै शाहले पदबाट राजिनामा दिएका छन् । उनले असार १२ गते बुधवार राजिनामा संचालक समितिलाइ बुझाएका छन् ।
साविकको हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट मर्जपछिको कार्यकाल २ वर्ष बाँकी थियो ।
उनी अघिल्लो वर्ष २०७८ फागुन १ गते कम्पनीको सिइओ बनेका थिए । तर, संचालक समितिसँग कुरा नमिलेपछि सिइओ शाहले राजिनामा दिएका हुन् ।
उनी यसअघि नेपाल इन्स्योरेन्स र एनएलजी इन्योरेन्समा सिइओको भएर कुशलतापुर्वक नेतृत्व दिएका थिए । यस्तै, साविकको हिमालयन जनरल इन्स्योरेन्समा सिईओ भइसकेका व्यक्ति हुन् ।
शाहले राजिनामापछि हिमालयन एभरेष्टको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डिसीइओ अञ्जु श्रेष्ठलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।




































