National life

दैनिक उकालो लाग्दै सुनचाँदीको मूल्य, तोलाकै साढे २ लाख नजिक

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२९ असोज २०८२, बुधबार
1.2kShares
दैनिक उकालो लाग्दै सुनचाँदीको मूल्य, तोलाकै साढे २ लाख नजिक
ncell

काठमाडौँ । पछिल्ला केही सातादेखि सुन र चाँदी दुवैका मूल्य निरन्तर बढ्दै गइरहेका छन्। अन्तर्राष्ट्रिय अस्थिरता र घरेलु आर्थिक कारकहरूले नेपाली बजारमा पनि प्रत्यक्ष प्रभाव पारिरहेका छन्।

अघिल्लो दिन चमत्कारिक रूपमा उछालिएको सुनको मूल्य आज पनि बढ्दै नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु २ लाख ४८ हजार ९ सय पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु ४ सयले बढी हो।

Royal Enfield
nic asia capital

अघिल्लो दिन सुनको मूल्य तोलामा रु २ लाख ४८ हजार ५ सय थियो। त्यस दिन एकैपटक रु ८ हजार १ सयको उछाल आएपछि बजारमा चहलपहल बढेको थियो। दैनिक मूल्यवृद्धिले सुनचाँदीको बजारलाई लगातार उकालो धकेलेको छ।

सुनको मूल्यमा आएको निरन्तर वृद्धिको कारण अन्तर्राष्ट्रिय बजारमै सुनको आकर्षण पुनः बढ्नु भएको जानकारहरूको भनाइ छ । अमेरिकी डलर कमजोर हुँदै जानु, मध्यपूर्व र युक्रेनका भू–राजनीतिक तनाव, र लगानीकर्ताहरूको जोखिमयुक्त सम्पत्तिबाट सुरक्षित सम्पत्तितर्फको झुकावले सुनमा माग बढाएको विश्लेषकहरूको धारणा छ ।

साथै, नेपालमा आयात लागत, भन्सार दर, र विनिमय दरमा आएको उतारचढावले पनि स्थानीय बजारमा सुनको मूल्य बढ्न सहयोग पु¥याएको हो।

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला रु १५ ले बढ्दै रु ३ हजार २४० पुगेको छ। औद्योगिक प्रयोग र इलेक्ट्रोनिक क्षेत्रको माग बढ्दै जाँदा चाँदीको मूल्यमा क्रमिक वृद्धि भइरहेको विश्लेषकहरूको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?