National life

दैनिक रेकर्डपछि सुनको भाउमा ब्रेक : चाँदी हालसम्मकै महँगो , कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२३ पुस २०८२, बुधबार
1.1kShares
दैनिक रेकर्डपछि सुनको भाउमा ब्रेक : चाँदी हालसम्मकै महँगो , कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। पछिल्ला दिनहरूमा दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा आज केही ब्रेक लागेको छ। स्थानीय बजारमा आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन भने सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो, जुन मूल्य एकै दिनमा ३ हजार १ सय रुपैयाँले बढेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता, चाँदीको मूल्य भने आज बढेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भई ४ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हालको चाँदीको मूल्य हालसम्मकै उच्च हो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?