National life

धितोपत्रमा वाणिज्य बैंकहरूको १५ खर्ब बढी लगानी, राष्ट्रिय वाणिज्य र कुमारीको सबैभन्दा बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२७ कात्तिक २०८२, बिहिबार
1KShares
धितोपत्रमा वाणिज्य बैंकहरूको १५ खर्ब बढी लगानी, राष्ट्रिय वाणिज्य र कुमारीको सबैभन्दा बढी
ncell

काठमाडौं। चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् २०८२ असोज मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरूले धितोपत्रमा गरेको लगानी १५ खर्ब ३९ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। बैंकहरूले प्रकाशित गरेको चालू आव २०८२र८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार यो अघिल्लो आवको अन्त्य (२०८१ असार मसान्त) को तुलनामा ६.३६ प्रतिशत वृद्धि हो।

गत असार मसान्तमा २० वाणिज्य बैंकहरूको धितोपत्रमा लगानी १४ खर्ब ४७ अर्ब ४४ करोड रुपैयाँ थियो।

Royal Enfield
nic asia capital
धितोपत्र लगानीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) अग्रस्थानमा रहेको छ। चालू आवको पहिलो त्रैमाससम्ममा आरबीबीले धितोपत्रमा १ खर्ब ७१ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको छ, जुन असार मसान्तको तुलनामा १५.७९ प्रतिशत वृद्धि हो। गत असार मसान्तमा सो बैंकको लगानी १ खर्ब ४८ अर्ब ९ करोड रुपैयाँ थियो।

धितोपत्र लगानीमा सबैभन्दा कम रकम स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको रहेको छ। चालू आवको पहिलो त्रैमाससम्ममा यस बैंकले १२ अर्ब २५ करोड रुपैयाँ लगानी गरेको छ, जुन अघिल्लो त्रैमासको तुलनामा ९.७४ प्रतिशतले घटेको हो।

गत असार मसान्तमा सो बैंकको लगानी १३ अर्ब ५७ करोड रुपैयाँ थियो।

पछिल्लो तीन महिनामा केही ठूला निजी बैंकहरूले धितोपत्रमा लगानी घटाएका छन्। एनआईसी एशिया बैंकको लगानी ४.७२ प्रतिशत घटेको छ। त्यस्तै, एनएमबि बैंकको ३.८४ प्रतिशत, सिद्धार्थ बैंकको २.९९ प्रतिशत र सिटिजन्स बैंकको १.६८ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ । त्यस्तै लक्ष्मी सन्राइज र हिमालयन बैंकको लगानी पनि सानो मात्रामा घटेको हो ।

पछिल्लो त्रैमासमा कुमारी बैंक लिमिटेडले धितोपत्र लगानीमा सबैभन्दा ठूलो वृद्धि गरेको छ। बैंकले असार मसान्तमा ८० अर्ब २१ करोड रुपैयाँ लगानी गरेकोमा असोज मसान्तसम्ममा १९.९९ प्रतिशत वृद्धि गर्दै करिब ९६ अर्ब २५ करोड रुपैयाँ पुर्‍याएको छ।

वाणिज्य बैंकहरूको धितोपत्र लगानी बढ्नुमा नेपाल राष्ट्र बैंकले पछिल्लो समय धितोपत्र कारोबारसम्बन्धी नीति खुकुलो पारेको कारण देखाइएको छ। राष्ट्र बैंकले असोज २२ गते संशोधित गरेको एकीकृत निर्देशन २०८१ अनुसार अब बैंकहरूले अघिल्लो वर्ष व्यतीत भएका धितोपत्रको लगानीमध्ये प्राथमिक पूँजीको २० प्रतिशतसम्म मात्र बिक्री गर्न पाउने सीमा हटाइएको छ।

त्यस्तै, पहिले १ वर्षभन्दा बढी अवधिका लागि मात्र धितोपत्रमा लगानी गर्न पाइने व्यवस्थालाई परिमार्जन गरी अब ६ महिनाभन्दा बढी अवधिका लागि लगानी गर्न सकिने व्यवस्था गरिएको छ।

लगानीका सीमा कायम

राष्ट्र बैंकका नियमअनुसार बैंक तथा वित्तीय संस्थाहरूले कुनै एक कम्पनीको शेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैनन्, सबै संगठित संस्थामा मिलाएर बढीमा ३० प्रतिशतसम्म मात्र लगानी गर्न सक्छन्। साथै, लगानी सीमाभन्दा बढी गरेमा सो रकम पूँजीकोष गणना गर्दा प्राथमिक पूँजीबाट घटाइन्छ। वित्तीय स्वार्थ भएका कम्पनीमा भने बैंकले आफ्नो प्राथमिक पूँजीको २० प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था यथावत् रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?