National life

धौलागिरी लघुवित्तको लक–इन अवधि भदौ १९ गते सकिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ भदौ २०८२, मङ्गलबार
509Shares
धौलागिरी लघुवित्तको लक–इन अवधि भदौ १९ गते सकिने
ncell

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि भदौ १९ गते समाप्त हुने भएको छ।

उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको संस्थाले जनाएको छ।

मर्जरअघि संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर संख्या २ लाख ६८ हजार र कर्मचारीलाई बाँडफाँड गरिएको सेयर संख्या २ हजार कित्ता थियो ।

Royal Enfield
nic asia capital
संस्थाले २०७९ भदौ ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारण (कर्मचारी समेत) लाई आईपीओ निष्कासन गरेको थियो ।

सर्वसाधारणमा उक्त आईपीओ २०७९ भदौ २० गते बाँडफाँड गरिएको थियो । लक–इन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?