National life

नबिल बैंकका सिईओ ढुङ्गानाले दिए राजीनामा: गभर्नर बन्न होमिएका हुन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ चैत २०८१, मङ्गलबार
725Shares
नबिल बैंकका सिईओ ढुङ्गानाले दिए राजीनामा: गभर्नर बन्न होमिएका हुन् ?
ncell

काठमाडौं। नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले राजीनामा दिएका छन् । बैंकको सञ्चालक समिति समक्ष सिईओ ढुङ्गानाले सोमबार नै राजीनामा दिएका थिए ।

ढुङ्गाना राजीनामा बुझाएर अनिवार्य बिदामा बसेका छन्। तर, उनको राजीनामा भने स्वीकृत नभएको बैंक बैंक स्रोतले जनाएको छ ।

Royal Enfield
nic asia capital
यसअघि नेपाल बङ्गलादेश बैंकमा हुँदा ढुङ्गाना गभर्नरको रेसमा थिए । सोही क्रममा उनले सञ्चालक समितिलाई राजीनामा बुझाएको भएपनि रेसबाट आउट भएपछि सञ्चालक समितिले राजीनामा स्वीकृत नगरेको भन्दै पुनः काममा फर्किएका थिए।

हाल नेपाल राष्ट्र बैंकको गभर्नरको रेसमा ढुङ्गानाको नाम समेत चर्चामा छ । यदि कांग्रेसको भागमा पर्‍योभने ढुङ्गाना गभर्नरका बलिया दाबेदार हुन् । अर्बपति विनोद चौधरी निकट रहेका ढुङ्गाना गभर्नर बन्ने चर्चासंगै नबिल बैंकको सिईओबाट उनको राजीनामाको खबर बाहिरिएको हो । ढुङ्गानाले भने यस सम्बन्धमा कुनैपनि प्रतिक्रिया भने दिएका छैनन् ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?