National life

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ साउन २०८२, शुक्रबार
357Shares
नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप, अब कहिलेसम्म पाइन्छ ?
ncell

काठमाडौँ। नबिल बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । साउन ६ गतेदेखि बिक्री खुला गरेको बैंकको ८ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदर ‘७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ मा समय थप गरेर अब साउन २० गतेसम्म आवेदन दिन सकिनेछ।

बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ ।

Royal Enfield
nic asia capital

त्यस्तै, सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुटाइएको छ। बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
357SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?