National life

नबिल बैंकको नाफामा १५ प्रतिशतको वृद्धि, अन्य सूचक छन् यस्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ साउन २०८२, मङ्गलबार
413Shares
नबिल बैंकको नाफामा १५ प्रतिशतको वृद्धि, अन्य सूचक छन् यस्ता
ncell

काठमाडौँ । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ७ अर्बभन्दा बढी नाफा कमाउन सफल भएको छ।

अघिल्लो आर्थिक वर्ष ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्ष ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। समीक्षा अवधिमा बैंकको यस्तो नाफा १५.०१ प्रतिशत बढेको हो।

Royal Enfield
nic asia capital

खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५.३८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३.४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफ २५.४४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ६३ करोड रुपैयाँबाट घटेर २ अर्ब ३९ करोड रुपैयाँमा झरेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा बढ्न पुगेको हो।

२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३६ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १२ अर्ब ७९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ४४ पैसा बढेर २६ रुपैयाँ ३४ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?