National life

नवप्रवर्तन र पहुँचमा अग्रणी 'ग्लोबल आइएमई बैंक', नेपालकै बेस्ट बैंकका रुपमा सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२३ कात्तिक २०८२, आइतबार
1.1kShares
नवप्रवर्तन र पहुँचमा अग्रणी 'ग्लोबल आइएमई बैंक', नेपालकै बेस्ट बैंकका रुपमा सम्मानित
ncell

काठमाडौं। नेपालको ग्लोबल आइएमई बैंक लिमिटेड (GIBL) ले लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्स म्यागेजिनको “बेस्ट बैंक अफ नेपाल २०२५” पुरस्कार जित्दै राष्ट्रिय र क्षेत्रीय बैंकिङ उत्कृष्टता स्थापित गरेको छ।

संयुक्त राज्य अमेरिकामा आयोजित पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई सम्मान गरिएको थियो। यो पुरस्कार बैंकको निरन्तर वित्तीय स्थायित्व, नवप्रवर्तन र ग्राहककेन्द्रित सेवाको कदर स्वरूप प्रदान गरिएको हो।

सन् २०२५ मा ग्लोबल आइएमई बैंक एचएसबीसी (हङकङ), स्टेट बैंक अफ इण्डिया, चाइना कन्स्ट्रक्सन बैंक, युएओबी मलेसिया, सिटी बैंक बंगलादेश र एसएमबीसी जापानजस्ता अन्तर्राष्ट्रिय बैंकहरूसँग प्रतिस्पर्धा गर्दै नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ।

Royal Enfield
nic asia capital

ग्लोबल आइएमई बैंक २००७ (वि.सं. २०६४) मा स्थापना भएको हो। पहिलो दशकमै देशका ७७ जिल्लामा सेवा विस्तार गर्ने पहिलो निजी बैंक बनेको यसले वित्तीय समावेशीतामा महत्वपूर्ण योगदान दिएको छ। बैंकले रणनीतिक विलयहरू मार्फत आफ्नो पूँजी, सेवा सञ्जाल र सञ्चालन क्षमता बढाउँदै आएको छ, जसमा जनता बैंक नेपाल लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडसँगको विलय उल्लेखनीय छ।

हाल बैंकसँग ३५२ शाखा, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा केन्द्र, ६८ राजस्व संकलन काउन्टर र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय छन्। बैंकको चुक्ता पूँजी रु. ३८.१२ अर्ब, कुल सम्पत्ति रु. ६०० अर्ब भन्दा बढी छ। ग्लोबल आइएमई बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, कोरिया, जापान, साउदी अरब, कतार, यूएई, भारत लगायतका देशबाट सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।

बैंकको डिजिटल नवप्रवर्तन, SME वित्त, मोबाइल र इन्टरनेट बैंकिङ, हरित ऊर्जा लगानी तथा ESG (Environmental, Social, Governance) परियोजनाहरूले नेपालको बैंकिङ क्षेत्रमा नयाँ मानक स्थापित गरेका छन्। अध्यक्ष ढकालले भने, “यो पुरस्कारले हामीलाई अझ उत्कृष्ट सेवा र नवप्रवर्तनको दिशामा अघि बढ्न प्रेरित गरेको छ।” CEO रेग्मीले थपे, “सन्तुलित वृद्धि र दिगो वित्तीय विकास हाम्रो प्राथमिकता हो।”

ग्लोबल आइएमई बैंकले केवल नेपालको अग्रणी बैंकको रूपमा नभई क्षेत्रीय वित्तीय शक्ति बन्ने लक्ष्य राखेको छ र डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय विस्तार र सामाजिक उत्तरदायित्वमा ध्यान दिँदै नेपालको बैंकिङ क्षेत्रलाई विश्वसामु चिनाइरहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?