National life
cg eloctronics

नारायणी डेभलपमेन्ट बैंकको ६.२ लाख अवितरित हकप्रद शेयर लिलामीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८२, बुधबार
924Shares
नारायणी डेभलपमेन्ट बैंकको ६.२ लाख अवितरित हकप्रद शेयर लिलामीमा
muktinatha bikash bank

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। बैंकले असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म निष्कासन गरिएको हकप्रद शेयर बाँडफाँड गर्दा बाँकी रहेका जम्मा ६ लाख २१ हजार ६०६ कित्ता शेयर लिलामीमा ल्याइएको हो।

लिलामीमा राखिएका शेयरमध्ये संस्थापक समूहतर्फका ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फका १८ हजार ४४४ कित्ता शेयर समावेश छन्। यी सबै शेयर सर्वसाधारण सर्वाधिक प्रतिस्पर्धात्मक बोलकबोलका आधारमा खरीद गर्न पाउने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

लिलामीका लागि प्रतिकित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताबाट सुरुआत गर्नुपर्नेछ भने अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्म माग गर्न सकिनेछ।

बोलपत्र मंसिर ११ गतेदेखि २५ गतेसम्म बुझाउन सकिने व्यवस्था गरिएको छ। लिलामी बोलपत्र फाराम बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, नक्साल, काठमाडौंमा उपलब्ध हुनेछ। साथै ग्लोबल आइएमई बैंकका विराटनगर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायणगढ, न्यूरो–पोखरा, बुटवल–मिलनचोक, सुर्खेत र धनगढी शाखाहरूबाट पनि फाराम प्राप्त गरी सोही स्थानमा बुझाउन सकिनेछ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
924SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?