काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले आफ्नो कार्यकाल एक बर्ष बाँकी छँदै राजीनामा दिएका हुन् ।
खतिवडाको राजीनामा १ माघदेखि लागु हुनेगरी बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । अर्को व्यवस्था नभएसम्मका लागि बैंकका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो ।
खतिवडालाई ३ वर्षअघि तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७७ पुस २९ गते चार बर्षका लागि निफ्राको सीईओ नियुक्त गरेको थियो ।
































