National life

निफ्राको खुद नाफा ४१ करोडमा सीमित, ब्याज आम्दानीमा ठुलो गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|०७ माघ २०८२, बुधबार
1.1kShares
निफ्राको खुद नाफा ४१ करोडमा सीमित, ब्याज आम्दानीमा ठुलो गिरावट
ncell

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडको खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको नाफा घटेको छ। वित्तीय विवरणअनुसार निफ्राले समीक्षा अवधिसम्म ४० करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.१४ प्रतिशतले कम हो। अघिल्लो वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले ६४ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २३.०८ प्रतिशतले घटेर ७४ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आवको सोही अवधिमा निफ्राले १ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी घटे पनि कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी भने सामान्य रूपमा बढेको देखिएको छ। अघिल्लो आवमा १ करोड ४५ लाख रुपैयाँ रहेको यस्तो आम्दानी समीक्षा अवधिमा बढेर १ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

नाफामा दबाब देखिए पनि सञ्चालन गतिविधिबाट कम्पनीले ५८ करोड ६५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यस्तै, कम्पनीको खुद सञ्चालन आम्दानी ७२ करोड ६५ लाख रुपैयाँ कायम भएको छ। ब्यालेन्स सिटतर्फ हेर्दा निफ्राको निक्षेप संकलनमा सुधार देखिएको छ। अघिल्लो अवधिमा ७ अर्ब ५१ करोड रुपैयाँ रहेको निक्षेप समीक्षा अवधिमा बढेर ८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। यस्तै, कर्जा प्रवाह पनि २३ अर्ब २६ करोड रुपैयाँबाट वृद्धि भई २७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। कम्पनीको रिजर्भ कोषमा ३ अर्ब १८ करोड रुपैयाँ सञ्चित रहेको छ।

त्यस्तै, वित्तीय सूचकांकअनुसार समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९०.८३ रुपैयाँ तथा प्रतिसेयर नेटवर्थ ११४.७५ रुपैयाँ कायम भएको छ।

nic asia capital
यस्तै, मूल्य–आम्दानी अनुपात ६८.४६ गुणा, तरलता अनुपात ९९.०१ प्रतिशत र इक्युटीमा प्रतिफल ३.२४ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?