National life

नियम पालना नगर्ने कुमारी र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२४ कात्तिक २०८२, सोमबार
1.1kShares

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामक मापदण्ड र कानुनको उल्लङ्घन गरेको ठहर गर्दै कुमारी बैंक लिमिटेड र प्राइम कमर्सियल बैंक लिमिटेडलाई सचेत गराएको छ।

राष्ट्र बैंकका अनुसार दुवै बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी प्रचलित ऐन, नियमावली र एकीकृत निर्देशनको पूर्ण पालना नगरेका कारण कारवाहीस्वरूप सचेत गराउने निर्णय गरिएको हो। राष्ट्र बैंकले कुमारी बैंकलाई एकीकृत निर्देशन व्यवस्थाको अनुपालन नगरेको कारण सचेत गराएको जनाएको छ।

त्यसैगरी, प्राइम कमर्सियल बैंकले कर्जाहरूलाई भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, साथै क्यापिटल एडिक्वेसी फ्रेमवर्क–२०१५ बमोजिम जोखिम भार गणना नगरेको पाइएको हुँदा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा (२) खण्ड (क) अनुसार सचेत गराइएको हो।

ncell
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?