काठमाडौँ । निरन्तर रूपमा उकालो लागेको सुनको मूल्यमा आज गिरावट आएको छ । घरेलु बजारमा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो।
यो गिरावटसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन १४ सयले बढेको सुन तोलाको १ लाख ९१ हजार ८ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


































