National life

नेको इन्स्योरेन्सले बोलायो २९औं वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ वैशाख २०८२, शुक्रबार
1.1kShares
नेको इन्स्योरेन्सले बोलायो २९औं वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?
ncell

काठमाडौं । नेको इन्सयोरेन्स लिमिटेडले २९औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले बार्षिक साधारणसभा जेठ ९ गते लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि बस्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत (१०० बराबर ७ कित्ता) बोनस शेयर जारी गर्ने र करप्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै सभाले बोनस शेयरपछि कम्पनीको जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्ताव पनि सभाबाट पारित हुनेछन् ।

यसबाहेक सभाले गत आवका वार्षिक प्रतिवेदनसहित लेखापरीक्षको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २८ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै सभामा पनि उपस्थित हुन पाउनेछन् ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?