National life

नेपालको कुल निर्यातमा एक तिहाइ भटमास तेलको दबदबा, नौ महिनामा ६२ अर्ब बढीको निर्यात

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ वैशाख २०८२, मङ्गलबार
770Shares
नेपालको कुल निर्यातमा एक तिहाइ भटमास तेलको दबदबा, नौ महिनामा ६२ अर्ब बढीको निर्यात
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्मको नौ महिनामा नेपालले कुल एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार बराबरको सामान निर्यात गरेको छ। नेपालले निर्यात गर्ने वस्तुहरूमा सबैभन्दा ठुलो हिस्सा भटमास तेलको देखिएको छ ।

नेपालको आफ्नै उत्पादन नभई विदेशबाट अर्धप्रशोधित भटमास तेल ९क्रुड सोयाबिन आयल० आयात गरेर प्रशोधित तेलका रूपमा निर्यात हुने गरेको हो । भन्सार विभागका अनुसार यो अवधिमा भटमासको तेल मात्रै ६२ अर्ब ७८ करोड २३ लाख ३० हजार बराबरको निर्यात भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भन्सार विभागको तथ्यांक अनुसार नेपालले गर्ने कुल निर्यात रकमको एक तिहाई भटमास तेलको निर्यातबाट आइरहेको छ । त्यस्तै, अहिले नेपालले बढी निर्यात गरेका वस्तुको दोस्रो स्थानमा सूर्यमुखी तेल रहेको छ । नौ महिनामा नौ अर्ब २३ करोड २७ लाख ६० हजार बराबरको सूर्यमुखी तेल निर्यात भएको छ।

विगतमा पाम तेलको निर्यात सबैभन्दा बढी हुने गरेको थियो । तर २०७७ पुसमा नेपालबाट हुने पाम तेल निर्यातमा भारतले कडाइ गरेको थियो । त्यसयता भटमासको तेलको निर्यात बढ्दै गएको देखिन्छ । प्रशोधित तेलको निर्यात बढेसँगै नेपालको समग्र निर्यातको अंकसमेत बढेको देखिएको छ ।

गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा मात्र निर्यात ६५ दशमलव १६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्मको कूल निर्यात एक खर्ब १३ अर्ब ९४ करोड बराबर थियो । जबकि चालु आर्थिक वर्षको सोही अवधिमा एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख बराबर पुगेको छ ।

नेपालले निर्यात बढी गरेको अन्य वस्तुहरूमा कार्पेट, धागो, चियालगायत छन् । यो अवधिमा कार्पेट आठ अर्ब नौ करोड ७५ लाख ३५ हजार बराबरको निर्यात भएको छ भने अलैँची छ अर्ब २६ करोड नौ लाख बराबरको निर्यात भएको छ ।

नेपालले बढी आयात गर्ने वस्तुहरूमा पेट्रोलियम पदार्थ शीर्ष स्थानमा छ । पछिल्लो नौ महिनामा ९१ अर्ब २६ करोड तीन लाख बराबरको डिजेल ४७ अर्ब ७७ करोड ६४ लाख बराबरको पेट्रोल र ४६ अर्ब ५८ करोड ७० लाख बराबरको एलपी ग्यास आयात गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
770SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?