National life

नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब , प्रत्येक नेपालीको थाप्लोमा ९१ हजार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
543Shares
नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब , प्रत्येक नेपालीको थाप्लोमा ९१ हजार
ncell

काठमाडौं । नेपालको सार्वजनिक ऋण २६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । २०७८ सालमा भएको जनगणनानुसार यो ऋण भाग लगाउँदा प्रति व्यक्ति ९१ हजार रुपैयाँभन्दा धेरै हुन आउँछ ।

आर्थिक वर्ष २०८०र८१ को अन्तिमसम्म २४ खर्ब ३८ अर्ब सार्वजनिक ऋण रहेकोमा गएको आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब रुपैयाँ ऋणको दायित्व बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

सरकारले गएको वर्ष ५ खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य राखेकोमा ४ खर्ब ५६ अर्ब रुपैयाँ ऋण उठाएको छ ।

Royal Enfield
nic asia capital
गएको वर्ष २ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको सावाँ फिर्ता भएको छ । यसमध्ये ४८ अर्ब ५६ करोड वैदेशिक ऋण र आन्तरिक ऋणको २ खर्ब ४३ अर्ब ९१ करोड रुपैयाँ सावाँ फिर्ता भएको हो ।

अहिले सरकारले तिर्नुपर्ने ऋणमध्ये आन्तरिक ऋणको दायित्व १२ खर्ब ६३ अर्ब र बाह्य ऋणको दायित्व १४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
543SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?