National life

नेपाल एसबीआई बैंकको खराब कर्जा घट्यो, पूँजी संरचना र जगेडा कोष बलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1.2kShares
नेपाल एसबीआई बैंकको खराब कर्जा घट्यो, पूँजी संरचना र जगेडा कोष बलियो
ncell

काठमाडौँ । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार, बैंकहरूले कुल खुद नाफामा केही गिरावट देखाए पनि निक्षेप संकलन, कर्जा प्रवाह र सञ्चालन क्षमता अझै सन्तुलित रहेको छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १६ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए भने चालु वर्षको सोही अवधिमा १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएका छन्।

सोही अनुसार नेपाल एसबीआई बैंकले यस अवधिमा ५० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Royal Enfield
nic asia capital
बैंकले १ खर्ब ३८ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ खर्ब १२ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

साथै, बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ। सञ्चालन नाफा १ अर्ब २१ करोड ३० लाख रुपैयाँबाट घटेर ७१ करोड ५७ लाख रुपैयाँ भएको छ भने खुद सञ्चालन आम्दानी १ अर्ब ९६ करोड ७३ लाख रुपैयाँबाट घटेर १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, बैंकको कुल गैर-ब्याज आम्दानी पहिलो त्रैमासिकमा ३६.८१ करोड रुपैयाँबाट बढेर ४७.६० करोड रुपैयाँ पुगेको छ, जुन २९.३७ प्रतिशतको वृद्धिदर हो। यता, सञ्चालन आम्दानी पनि १६८.९८ करोड रुपैयाँबाट बढेर १७६.४० करोड रुपैयाँ पुगेको छ, जुन ४.४ प्रतिशतको वृद्धि हो।

यस अवधिमा बैंकको कुल सम्पत्ति २०,८८१.०६ करोड रुपैयाँबाट बढेर २४,८००.६५ करोड रुपैयाँ पुगेको छ, जसले १८.७७ प्रतिशतको प्रभावशाली वृद्धिदर देखाएको छ। नकारात्मक पक्षको रूपमा चिनिने खराब कर्जा (NPA) पनि ३.३५ प्रतिशतबाट घटेर ३.०१ प्रतिशतमा आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?