काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् ।
आज बसेको पदपुर्ती समितिको बैठकले कार्य सम्पादन मूल्याकंनका आधारमा धेरै नम्बर प्राप्त गरेका सुवेदीलाई प्राधिकरणको कार्यकारी निर्देशकका नियुक्त भएका छन् । उनले ७७.१९४ अंक पाएका छन् ।
कार्यकारी निर्देशकका सुवेदीका साथै कमल रेग्मी र पुजन ढुङ्गेल प्रतिस्पर्धामा थिए । सुवेदीसँग बीमा क्षेत्रमा २० वर्ष काम गरेको अनुभव छ । साथै उनी इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका प्रमुख कार्यकारी अधिकृत समेत हुन् ।







































