National life

नेपाल बैंकको नाफामा ३२.६५ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी २५.६८ रुपैयाँ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ साउन २०८२, बिहिबार
532Shares
नेपाल बैंकको नाफामा ३२.६५ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानी २५.६८ रुपैयाँ
ncell

काठमाडौँ । नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३२.६५ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ८४ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो।

उक्त वर्ष बैंकको खुद ब्याज आम्दानी पनि १६.८२ प्रतिशतले वृद्धि भई १० अर्ब ८ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

Royal Enfield
nic asia capital
अघिल्लो वर्ष यो आम्दानी ८ अर्ब ६३ करोड ४७ लाख रुपैयाँ थियो।

त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.०७ प्रतिशतले बढेर १ अर्ब १७ करोड ४९ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशतले बढ्दै ११ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा उल्लेखनीय रूपमा ६९२ प्रतिशतले बढेर ५ अर्ब ४१ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

तर, बैंकको वितरणयोग्य नाफा भने ऋणात्मक नै रहेको छ। गत वर्ष वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ जसले गर्दा बैंक लाभांश वितरण गर्न नसक्ने अवस्थामा पुगेको छ। अघिल्लो वर्ष पनि यो नाफा ९६ करोड ५० लाख रुपैयाँ ऋणात्मक थियो।

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ छ भने जगेडा कोष २३ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

निक्षेप संकलनतर्फ बैंकले गत असारसम्म १७.२८ प्रतिशतले वृद्धि गर्दै ३ खर्ब ३२ अर्ब रुपैयाँ संकलन गरेको छ। उता कर्जा लगानी १३.८८ प्रतिशतले बढेर २ खर्ब २१ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले २ खर्ब ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

गत वर्ष बैंकको प्रतिशेयर आम्दानी २५.६८ रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष मात्र ०.१९ रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ २५९.८१ रुपैयाँ र मूल्य-आम्दानी अनुपात ११.३५ गुणा रहेको छ।

खराब कर्जा अनुपात भने अघिल्लो वर्षको ४.३३ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगेको छ। बैंकको रिटर्न अन इक्विटी (ROE) १०.२२ प्रतिशत, आधार दर ५.५८ प्रतिशत र कर्जा-निक्षेप अनुपात ७०.७२ प्रतिशत रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?