National life

नेपाल बैंकको वितरणयोग्य नाफा ऋणात्मक, सञ्चालन मुनाफा ३३ प्रतिशतले बढ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२१ कात्तिक २०८२, शुक्रबार
1KShares
नेपाल बैंकको वितरणयोग्य नाफा ऋणात्मक, सञ्चालन मुनाफा ३३ प्रतिशतले बढ्यो
ncell

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार, बैंकले तीन महिनाको अवधिमा ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले ६० करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो।

Royal Enfield
nic asia capital
वित्तीय विवरणअनुसार, बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशतले वृद्धि भएको छ, तर खुद फि तथा कमिशन आम्दानी १८.२३ प्रतिशतले घटेको छ । त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशतले र सञ्चालन मुनाफा ३२.८१ प्रतिशतले बढेको देखिन्छ ।

समीक्षा अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक (–५७ करोड १ लाख रुपैयाँ) रहेको छ, जसले आगामी अवधिमा लाभांश वितरणमा चुनौती देखाएको छ । नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ । चालु वर्षको पहिलो त्रैमाससम्म EPS ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (P/E ratio) १५.०५ गुणा कायम रहेको छ । नेपाल बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ । बैंकले असोज मसान्तसम्ममा ३ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको विवरणमा उल्लेख गरिएको छ ।

समग्रमा हेर्दा, नेपाल बैंकले ब्याज आम्दानीमा उल्लेख्य सुधार गरेपनि वितरणयोग्य नाफा ऋणात्मक हुनु र फि–कमिशन आम्दानी घट्नुले बैंकको आम्दानी संरचना सन्तुलनमा चुनौती देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?