काठमाडौं । नेपाल माइक्रो इन्सुरेन्सको खुद नाफा ८०.०८ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४ लाख ८१ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको २४ लाख १५ हजार रुपैयाँको तुलनामा ८०.०८ प्रतिशत कम हो ।
नेपाल माइक्रो इन्सुरेन्सको खुद बीमा शुल्क आम्दानी भने ६०५.७४ प्रतिशतले बढेर ५ करोड ४६ लाख रुपैयाँ पुगेको छ । तर विभिन्न शीर्षकमा खर्च वृद्धि हुँदा नाफा प्रभावित बनेको हो । खुद दाबी भुक्तानी ५१३.२७ प्रतिशतले बढेर २ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यस्तै, कर्मचारी खर्च २ करोड ४६ लाख रुपैयाँबाट बढेर ३ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।
यता, अन्य सञ्चालन खर्च पनि १ करोड ६ लाख रुपैयाँबाट बढेर ४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । कम्पनीले आइपीओ बिक्री गरी चुक्ता पुँजी ७५ करोड रुपैयाँ बनाएको छ । खुद नाफामा गिरावट आएसँगै प्रतिशेयर आम्दानी पनि ५२ पैसाले घटेर ९ पैसामा सीमित भएको छ ।






































