National life

नेपाल राष्ट्र बैंकले ३.४३ अर्ब रुपैयाँ ‘मुद्दती निक्षेप’मा लगानी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|११ मंसिर २०८२, बिहिबार
592Shares
नेपाल राष्ट्र बैंकले ३.४३ अर्ब रुपैयाँ ‘मुद्दती निक्षेप’मा लगानी गर्ने
ncell

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेप  मार्फत लगानी गर्ने निर्णय गरेको छ। यो लगानी २०२५ डिसेम्बर १७ देखि २०२६ डिसेम्बर १७ सम्मको ३६६ दिनका लागि रहनेछ र त्रैमासिक रूपमा ब्याज भुक्तानी हुनेछ।

कोषको रकम बैंक तथा वित्तीय संस्थामा यसप्रकार विभाजन गरिनेछः

‘क’ वर्ग वाणिज्य बैंक: २ अर्ब ७५ लाख १ लाख रुपैयाँ

‘ख’ वर्ग विकास बैंक: ५१ करोड ५६ लाख रुपैयाँ

‘ग’ वर्ग राष्ट्रियस्तर वित्त कम्पनी: १७ करोड १८ लाख रुपैयाँ

नेपाल राष्ट्र बैंकले लगानी लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई आवश्यक शर्तहरू पनि तोकेको छः

न्यूनतम पुँजीकोष अनुपात कायम रहनुपर्ने

निष्क्रिय कर्जा (NPL) कुल कर्जा सापटीको ५% भन्दा कम हुनुपर्ने

CD ratio बैंकले तोकेको सीमा भित्र रहनुपर्ने

बैंकले इच्छुक संस्थाहरूलाई सिलबन्दी फारम भरी मंसिर १२ गते राती ७ बजेसम्म आवेदन दिन आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यस लगानीले बैंक तथा वित्तीय संस्थालाई सुरक्षित र नियमित आम्दानीको अवसर दिनेछ र कोषको व्यवस्थापनमा पारदर्शिता सुनिश्चित हुनेछ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?