National life

नेपाल लाइफले २४औँ वार्षिकोत्सव मनाउँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ वैशाख २०८२, आइतबार
432Shares
नेपाल लाइफले २४औँ वार्षिकोत्सव मनाउँदै
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २४ पूरा गरेको छ । २४औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढी लाभ र लगानीकर्तालाई थप प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीले वार्षिकोत्सवको अवसर पारेर देशभरका विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा आम बीमितका लागि बीमा शुल्क नवीकरणमा छुट प्रदान गरीरहेको छ । यस्तै देशभरी छरिएर रहेका कम्पनीका शाखा कार्यालयहरुले यस अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम समेत आयोजना गर्दै आएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०५८ साल वैशाख २१ गतेदेखि आफ्नो सेवा सुरु गरेको हो । दुई दशकदेखि जीवन बीमा कम्पनीको रूपमा सञ्चालनमा आएको कम्पनीले जीवन बीमाको क्षेत्रमा देशका कुना काप्चामा पुगेर आम सर्वसाधारणलाई सहज र सरल रूपमा जीवन बीमा सेवा प्रवाह गर्दै आइरहेको दाबी गरेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमाकोष दुई खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २२ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी ८ अर्ब २० करोड रहेको नेपाल लाइफ इन्स्योेरेन्स वित्तीय सूचांकमा उत्कृष्ट बन्न सफल भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
432SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?