National life

नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ असार २०८१, मङ्गलबार
464Shares
नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न
ncell

काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘नेशनल अवार्ड’ अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरुलाई नेपालगञ्जको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रिको सभापतिन्वमा उक्त सम्मान कार्यक्रम आयोजना गरेको हो ।

सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरुलाई आ–आफ्नो लक्ष्य पुरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरु विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरुको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताए ।

समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरुलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रिले नेपालको बीमा बजारमा बीमितहरुलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै आएको कम्पनीले पुनःआफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गरे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरिय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार नेपालगञ्जमा लुम्विनी र कर्णाली प्रदेशका अभिकर्ताहरुलाई र महेन्द्रनगरमा सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिएको बताए ।

साथै,उनले यस भन्दा अगाडी इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरुलाई र काठमाण्डौमा बागमती प्रदेशका अभिकर्ताहरुलाई सम्मान गरिसेकेको र अन्य बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने जानकारी दिए ।

नेपालगञ्ज र महेन्द्रनगर मा सम्पन्न छुट्टा छुट्टै कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृतसहित प्रवन्धक विवेक शर्मा, विभागिय प्रमुख सुष्मिता राणा लगायत नेपालगञ्जमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दिपनारायण खनाल तथा लुम्विनी र कर्णाली प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको पनि सहभागिता रहेको थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीलगायत उक्त प्रदेशमा रहेका शाखाहरुका शाखा प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?