National life
cg eloctronics

पाँचतारे रोयल टुलिप काठमाडौं आईपीओका लागि ‘रोड टु आईपीओ’ सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1KShares
पाँचतारे रोयल टुलिप काठमाडौं आईपीओका लागि ‘रोड टु आईपीओ’ सम्झौता
ncell

काठमाडौं । ललितपुरको ग्वार्कोमा सञ्चालनमा रहेको पाँचतारे होटल द म्यासिफ होटल प्राइभेट लिमिटेड (रोयल टुलिप काठमाडौं) ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने तयारी अघि बढाएको छ।

यसका लागि होटलले बिक्री प्रबन्धक तथा सम्पूर्ण आईपीओ प्रक्रियागत कामका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड सँग सम्झौता गरेको छ। दुबै पक्षबीच संस्थागत परामर्श सेवा अन्तर्गत ‘रोड टु आईपीओ’ सम्झौता सम्पन्न भएको हो।

सम्झौताअनुसार होटललाई निजी कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्ने, सूचीकृत कम्पनीका रूपमा अघि बढाउने तथा आवश्यक सम्पूर्ण पूर्वतयारीमा सहयोग गर्ने जिम्मेवारी नबिल इन्भेष्टमेन्टले लिनेछ। प्रक्रिया पूरा भएपछि नियामक निकायमा आईपीओ अनुमति माग गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्झौतामा होटलका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन्।

फ्रान्सको अन्तर्राष्ट्रिय ब्रान्ड रोयल टुलिपको नामबाट सञ्चालन भइरहेको यो होटलमा ३०८ वटा कोठा तथा सुइट सुविधा रहेका छन्। आधुनिक संरचना सहितको पाँचतारे यस होटलमा हेल्थ क्लब, रेस्टुरेन्ट तथा सम्मेलन हल जस्ता सुविधा उपलब्ध छन्।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?