National life

पुनर्बिमा कम्पनीहरूको ४० अर्ब ६३ करोड लगानी, बैंकको मुद्दतीमा मात्रै २९ अर्ब बढी लगानी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ माघ २०८१, शुक्रबार
539Shares
पुनर्बिमा कम्पनीहरूको ४० अर्ब ६३ करोड लगानी, बैंकको मुद्दतीमा मात्रै २९ अर्ब बढी लगानी
ncell

काठमाडौँ। सञ्चालनमा रहेका २ वटा पुनर्बिमा कम्पनीहरूले विभिन्न क्षेत्रमा ४० अर्ब ६३ करोड रुपैयाँ भन्दा धेरै लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार पुनर्बीमा कम्पनीले विभिन्न क्षेत्रमा ४० अर्ब ६३ करोड ६२ लाख रुपैयाँ लगानी गरेका छन्।

जसअनुसार नेपाल रिको २१ अर्ब १० करोड ७८ लाख रुपैयाँ र हिमालयन रिको १९ अर्ब ५२ करोड ४८ लाख रुपैयाँ लगानी रहेको छ। नेपाल रिइन्सुरेन्सले ‘क’ वर्गको बैंकको मुद्दतीमा १५ अर्ब ६२ करोड र हिमालयन रिइन्सुरेन्सले १३ अर्ब ५५ करोड लगानी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यी २ कम्पनीले क वर्गको बैंकको मुद्दतीमा २९ अर्ब १८ करोड लगानी गरेका छन् ।

यी दुवै पुनर्बीमा कम्पनीको लगानीको ठूलो हिस्सा बैंकहरुको मुद्दती निक्षेपमा देखिएको छ। बैंकहरुको मुद्दती निक्षेपमा नेपाल रिको कुल १८ अर्ब ४ करोड २० लाख रुपैयाँ रहेको छ। जसअनुसार नेपाल रि ले क वर्गको १५ अर्ब ६२ करोड ९० लाख रुपैयाँ, पूर्वाधार बैंकमा २६ करोड रुपैयाँ, ख वर्गका विकास बैंकमा १ अर्ब ७५ करोड ३० लाख रुपैयाँ र ग वर्गको वित्तीय संस्थामा ४० करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा लगानी रहेको छ।

नेपाल रिले सरकारी बचत पत्र र ऋणपत्रमा ३० करोड रुपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर, बन्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३६ करोड १३ लाख रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा ९ करोड ४७ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ५ करोड ५९ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ५९ करोड ६५ लाख रुपैयाँ, सूचीकृत नभएका पब्लिक कम्पनीको शेयरमा ५० करोड ७२ लाख रुपैयाँ र अन्य क्षेत्रमा १५ करोड रुपैयाँ लगानी गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
539SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?