काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ५ वर्षभन्दा पुरानो लाभांश रकम बुझ्न आग्रह गरेको छ । बैंकले सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षमा घोषणा गरिएका नगद लाभांश रकम बुझिलिन आग्रह गरेको हो ।
शेयरधनीहरूले सूचना प्रकाशित भएको एक महिनाभित्र बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा आवश्यक कागजातसहित सम्पर्क गर्नु पर्नेछ । उक्त मिति भित्र सम्पर्कमा नआएमा लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।
लाभांशसम्बनधी विस्तृत विवरण बैंकको वेबसाइटमा राखिएको छ ।































