National life

पुष मसान्तसम्म जीवन बीमा कम्पनीको ८० अर्ब ६६ करोड बढी बीमाशुल्क आर्जन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
480Shares
पुष मसान्तसम्म जीवन बीमा कम्पनीको ८० अर्ब ६६ करोड बढी बीमाशुल्क आर्जन
ncell

काठमाडौं। आर्थिक वर्ष २०८१/ ८२ को पुस महिनासम्म जीवन बीमा कम्पनीहरूले कुल ८० अर्ब बढीको कुल बीमाशुलक संकलन गरेका छन्।

नेपाल बीमा प्राधिकरणले बुधवार सार्वजनिक गरेको एक तथ्याकं अनुसार यी कम्पनीहरूले १ करोड ३३ लाख ७२ हजार १०९ वटा बीमा पोलिसी बिक्री गरी ८० अर्ब ६६ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन्। चालु आवको ६ महिनाको अवधिमा नेपाल लाइफले सबैभन्दा धेरै कुल बीमाशुल्क संकलन गरेको छ। कम्पनीले यस अवधिमा २२ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, नेशनल लाइफ कम्पनीले यस अवधिमा ९ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गर्दै दोस्रो स्थानमा रहेको छ।  क्रमशः एलआइसी नेपालले ९ अर्ब ४६ करोड, हिमालयन लाइफले ८ अर्ब ३३ करोड, सूर्यज्योति लाइफले ५ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

प्राधिकरणको तथ्यांक अनुसार एशियन लाइफले ४ अर्ब २१ करोड, सिटिजन लाइफले ३ अर्ब ३८ करोड, सानिमा रिलायन्स लाइफले ३ अर्ब २४ करोड, मेट लाइफले २ अर्ब ८६ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ७७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

पुस मसान्तसम्मको अवधिमा आइएमई लाइफले २ अर्ब ४४ करोड, प्रभु महालक्ष्मी लाइफले २ अर्ब ४२ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ३८ करोड, सन नेपाल लाइफले २ अर्ब रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ तथ्यांकमा उल्लेख छ।

पुस महिनाको जीवन बिमकको व्यापार

चालु आर्थिक वर्षको पुस महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले १४ अर्ब ९२ करोड २० लाख बराबरको व्यापार गरेका छन्। प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार पुसमा १४ वटा जीवन बिमा कम्पनीहरुले १ खर्ब ४८ अर्ब २१ करोड रुपैयाँ बीमांक बराबरको ४ लाख ३३ हजार २३१ वटा बिमा लेख बिक्री गरेका छन् ।

जीवन बिमा कम्पनीहरुले पुस महिनामा ११ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबरको नवीकरण बिमा शुल्क आर्जन गरेका छन् ।

पुस महिनामा सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सले ३ अर्ब ६९ करोड २९ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ। दोस्रोमा रहेको लाइफ इन्सुरेन्स कर्पोरेसन नेपालले १ अर्ब ७९ करोड ६४ लाख, तेस्रोमा नेसनल लाइफले १ अर्ब ६२ करोड १२ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?