National life

पेट्रोलको मूल्य बढ्यो,अब कुन ठाउँमा कति मुल्य ?

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ मंसिर २०८२, सोमबार
879Shares
पेट्रोलको मूल्य बढ्यो,अब कुन ठाउँमा कति मुल्य ?
ncell

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको खुद्रा बिक्री मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य प्राप्त भएको जनाउँदै निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो ।

डिजल र मट्टीतेलमा भने प्रतिलिटरमा ४ रुपैयाँ घटाइएको छ । नयाँ समायोजन गरिएको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निगमले ढुवानी लागत अनुसार देशका विभिन्न भागलाई तीन वर्ग कायम गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको छ ।

समायोजन गरिएको नयाँ मूल्य अनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजलरमट्टीतेल प्रतिलिटिर १३९ रुपैयाँ ५० पैसा पर्नेछ ।

दोस्रो वर्गमा सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर अब १६२ रुपैयाँ कायम भएको छ डिजलरमट्टीतेल १४१ रुपैयाँ प्रतिलिटर पर्नेछ ।

यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजलरमट्टीतेल १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
879SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?