National life
cg eloctronics

पेट्रोलियम पदार्थको मूल्य घट्यो, उपभोक्तालाई राहत

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०२ माघ २०८२, शुक्रबार
1.3kShares
पेट्रोलियम पदार्थको मूल्य घट्यो, उपभोक्तालाई राहत
muktinatha bikash bank

काठमाडौं। नेपाल आयल निगम (एनओसी) ले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँले घटेर १३६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा निगम सञ्चालक समितिले मूल्य समायोजन गर्ने निर्णय गरेको हो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल तथा परिष्कृत पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढाव, आयात लागत र निगमको वित्तीय अवस्था मूल्य निर्धारणका मुख्य आधार हुने गरेका छन्।

मूल्य घटेसँगै यातायात, उद्योग तथा सर्वसाधारण उपभोक्तालाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी दैनिक उपभोगमा प्रयोग हुने पेट्रोल, डिजेल र मट्टितेल सस्तो हुँदा ढुवानी खर्च र उत्पादन लागतमा पनि सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?