काठमाडौँ। साताको दोस्रो कारोबारका दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।आज सुन तोलामा एक हजार १०० रुपैयाँले घटेको हो । यो सँगै सुनको मूल्य लगातार २ दिनसम्म निरन्तर ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन सुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।































