National life

प्रधानमन्त्री कार्कीद्वारा आगामी नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने सम्भावना

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२६ असोज २०८२, आइतबार
468Shares
प्रधानमन्त्री कार्कीद्वारा आगामी नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने सम्भावना
ncell

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकबाट आगामी समयमा निष्काशन गरिने नेपाली मुद्रामा नेपाल संवत् उल्लेख गर्न सकिने सम्भावनाबारे सरकार गम्भीर रूपमा छलफलमा रहेको बताएकी छिन्।

मध्यपुरथिमि, भक्तपुरस्थित राष्ट्रिय विभूति शङ्खधर साख्वा: प्रतिष्ठानको प्रतिनिधिमण्डलसँग भेटघाटका क्रममा प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत नेपाल राष्ट्र बैंकका गभर्नरसँग परामर्श गरी नोटमा नेपाल संवत् समावेश गर्ने विषयमा अध्ययन तथा निर्णय प्रक्रिया अघि बढाइने बताइन्।

प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल संवत् ११४६ का अवसरमा आयोजित माल्यार्पण कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिताको निम्तो दिएपछि प्रधानमन्त्री कार्कीले उक्त विषयमा प्रतिक्रिया दिएकी थिइन्। प्रधानमन्त्री कार्कीका अनुसार हाल रु ५ सय दरका नोटको छपाइ प्रक्रिया विधिवत् रूपमा सम्पन्न भइसकेको हुँदा अबदेखि निष्काशन हुने नोटमा नेपाल संवत् उल्लेख गर्ने सम्भावनाबारे औपचारिक छलफल हुनेछ।

Royal Enfield
nic asia capital

नेपाल संवत् नेपालको मौलिक तथा ऐतिहासिक संवत् भएको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई राष्ट्रिय पहिचान र सांस्कृतिक गौरवका रूपमा सम्मानित गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन्। उनले नेपाल संवत् नयाँ वर्षको अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिकमा माल्यार्पण गरेर कार्यक्रमलाई सम्बोधन गर्ने तयारी रहेको जानकारी दिइन्।

यो समाचार शेयर गर्नुहोस्
468SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?