National life

प्रभु बैंक रेमिट विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ मंसिर २०८२, बुधबार
525Shares
प्रभु बैंक रेमिट विभाग प्रमुख शाक्य पक्राउ, १ अर्ब रुपैयाँ नोक्सानीको आरोप
ncell

काठमाडौं। प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्य पक्राउ परेका छन्। बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शाक्यलाई पाटन उच्च अदालतबाट पक्राउ अनुमति लिएपछि ललितपुरको ईखाँछेबाट नियन्त्रणमा लिएको हो।

ललितपुर महानगरपालिका–१७ का ४२ वर्षीय शाक्यमाथि रेमिट कारोबारका नाममा प्रभु बैंक लिमिटेडलाई ठूलो आर्थिक नोक्सानी पुर्‍याएको आरोप छ।

सीआईबीका सूचना अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार शाक्यले रेमिट कारोबार संचालनका क्रममा बैंकलाई हानी हुने तर आफू नजिकको स्वार्थ समूह अन्तर्गतको प्रभु मनि ट्रान्सफरलाई फाइदा पुग्ने प्रकारले ‘प्रिफन्डिङ’ सुविधा दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसरी उनले बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको आरोप छ।

शाक्यमाथि प्रभु म्यानेजमेन्ट प्रालिलाई नियम विपरीत ‘सुपर एजेन्ट’ बनाएर एडभान्स रकम उपलब्ध गराएको, रेमिट कारोबार स्थगित भइसकेपछि पनि उक्त रकम दीर्घकालसम्म प्रयोग गर्न दिएर स्वार्थ साधेको आरोप छ।

नेपाल राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गर्दै ८ करोड ९३ लाख १९ हजार ९ सय ८६ रुपैयाँ बराबरको सीधा नोक्सानी गराएको तथा त्यसलाई छोप्न थप कर्जा प्रवाह गरी कर्जाको दुरुपयोग गरेको पनि सीआईबीले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
525SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?