काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको यस अवधिमा खुद नाफा ०.६७ प्रतिशतले बढेर २७ करोड ७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो । कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १७.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाुशल्क आर्जन २ अर्ब ९६ करोड रुपैयाँ थियो ।
यता, लगानी तथा कर्जाबाट हुने आम्दानी ६.४६ प्रतिशतले बढेर ८९ करोड ६१ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ४३.६१ प्रतिशतले बढेर १२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। गत बर्ष उक्त कोषमा ८ अर्ब ९१ करोड रूपैयाँ रहेको थियो।
यस समिक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा ७९ करोड ४५ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कम्पनीको महावित्तती कोषको आकार बढेर १० करोड ४७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा छ भने पीई अनुपात ७१.६९ गुणा कायम भएको छ ।





































